अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले गरेका अनियमितता र बदमासी विवरण खोजी गरेको छ । नयाँ सीईओ नियुक्ति प्रक्रियामा विवादित काम गरेको भन्दै मन्त्रालयमै पुगेर कोषका अधिकांश कर्मचारीहरूले मिश्रलाई नदोहोर्याउन ज्ञापनपत्र नै बुझाएपछि अर्थले मिश्रका बदमासी खोजी गरेको हो । यस क्रममा मन्त्रालयले मङ्सिर १ गते तीन दिनको म्याद दिएर कोषका अधिकारीहरूलाई विभिन्न चारवटा विषयमा यथार्थ विवरण उपलब्ध गराउन आदेश दिएको छ । पूर्वकार्