भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ । यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् ।कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले सावधानीका लागि ‘एलो अलर्ट’ को सूचना जारी गरेको छ । लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्