रानी–तरहरा ६ लेन सडक एक महीनाभित्र सम्पन्न हुने

मोरङ । मोरङको रानीदेखि सुनसरीको तरहरासम्म ६ लेन सडक विस्तार आगामी एक महीनाभित्र सम्पन्न हुने भएको छ । रानीदेखि तरहरासम्मको करीब ३७ दशमलव चार किमी सडक करीब ६ अर्बभन्दा बढी लागतमा निर्माण गर्नेगरी आठ वर्षअघि ठेक्का भएको थियो । पाँच वर्षभित्र सम्पन्न हुनेगरी लागेको ठेक्काको काम अहिलेसम्म पनि पूरा भएको छैन । योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने यकिन समेत हुन सकेको छैन । दुहबी बजारमा करीब डेढ किमी बाटो स्थानीयवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको सो सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताए । सो सडक निर्माण नभएपछि यसबाट उत्पन्न समस्या र योजनाको काममा भएको ढिलाइप्रति चासो राख्दै जिल्ला प्रशासन कार्यालयले हालै अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यत्रमका सहभागीले सडक निर्माणमा निकै ढिलाइ भएको बताएका छन् । सडक विस्तारमा भएको ढिलाइले सर्वसाधारणले धेरै समस्या भोग्दै आएका छन् । ६ लेनको बाटो बनाउँदा गरिएको डीपीआरमा निकै त्रुटि भएको, वर्षात््को पानी निकास हुन नसक्दा विराटनगरका वडा नं १३, १५, १६ डुबानमा पर्ने गरेको स्थानीयवासीको गुनासो छ । यसतर्फ योजनाको ध्यान जानुपर्नेमा उनीहरूले जोड दिएका छन् । सडक निर्माण हुँदै गर्दा खण्ड–खण्डमा भत्किन पनि शुरू भएकाले योजनाको डिजाइनमा निकै त्रुटि भएको सहभागीले बताएका छन् । कछुवा गतिमा विस्तार भइरहेको सडकका कारण दुर्घटना भइरहेको छ । योजनाले निर्माण कम्पनीलाई समयमै आ–आफ्नो जिम्मेवारी पूरा गराउनेतर्फ ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले विराटनगर महानगरपालिकामा सिटी सफारी आवश्यकताभन्दा बढी भएकाले दुर्घटना बढेको बताए । दुर्घटना बढ्नुमा घर, पसल, पेट्रोलपम्प, होटल र रेष्टुराँ अगाडि सडक डिभाइडर राखिनु पनि कारण रहेको उनको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको प्रतिबद्धता र निरन्तरताले मात्र योजना दुरुस्त र राम्रो बन्ने बताए । ६ लेनको बाटोबाट उत्पन्न समस्या समाधान गर्न योजना प्रमुखलाई उनले निर्देशन पनि दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्ततालाई ध्यानमा राखेर आकाशे पुल बनाउन लागिएको जानकारी दिए । साथै नगर क्षेत्रको ६ लेनको बाटोमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए बताए । रासस

सम्बन्धित सामग्री

हस्तान्तरण नहुँदै भासियो ६ लेन सडक

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ ।...

धनगढीको ६ लेन सडक झिलिमिली

धनगढी – धनगढी उपमहानगरपालिकाको मोहनापुल–अत्तरिया ६ लेन सडक झिलिमिली भएको छ। धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन्। धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधवार साँझ मन्त्री देउवाले बत्तिको स्विच अन गरि उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० […]

६ लेन सडक विस्तार विवाद: प्रमुख राजनीतिक दलसँग मेयरले गरे छलफल

व्यापारिक मार्गकोरुपमा रहेको कोशी राजमार्ग अन्तर्गत ६ लेन सडक धरानको मुख्य बजार क्षेत्रमा विस्तार गर्न दबाबमा परेका मेयर हर्क साम्पाङले प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेका छन्।...

कलंकीदेखि चाबहिल धोबीखोलासम्म छिट्टै ६ लेन सडक : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन्।काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उनले बताए।सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए।वरिष

महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो ६ लेन सडक विस्तार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।  महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।  सडक विभागका प्रमुख अर्जुनजंङ थापाले […]

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी- मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँ ठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन । तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण […]

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौंको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो स

रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd

निर्माण सम्पन्न नहुँदै भासियो ६ लेन सडक

सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहुँदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको यो सडकको भारवहन क्षमता १० टन हो । तर २० टनसम्म बोकेका ढुवानीका साधन गुड्दा रानीदेखि नेमुवासम्मको तीन लेन सडक खण्डको पश्चिम क्षेत्र भासिएको छ । सीमावर्ती रानीदखि धरानको तीनकुनेसम्मको ४९ किलोमिटर सडक ६ लेनमा परिणत गर्न सरकारले १० अर्ब ९८ करोडको लागतमा २०६९÷७० देखि काम शुरू गरेको थियो । अ...

धनगढी–अत्तरिया ६ लेन सडक  : थपिएको म्याद पनि सकियो, काम सकिएन

दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने एक अर्ब ६५ करोडको लागतको धनगढी–अत्तरिया ६ लेन सडक साढे तीन वर्ष बित्दा पनि अधुरै छ, तर निर्माण कम्पनीले एक अर्ब २३ करोड भुक्तानी लगिसकेको...