धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । आज बुधवार यादव र अरगरियाले छुट्टाछुट्टै रिट दिनुभएकाे हाे ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै यादवले दोहोर्याएर मत गन्न माग गर्नुभएकाे छ । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र...