धनुषा-४ मा एमालेका महासेठ ३४ मतले अगाडि

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् ।  उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले ३४ मतले अग्रता लिएका हुन् । जारी मतगणनामा महासेठले २४,४८२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २४,४४८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो । महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला […] The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन्। विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

धनुषा-४ मा महेन्द्र यादवलाई हराउँदै एमालेका रघुवीर महासेठ निर्वाचित

काठमाडौं, १३ मंसिर । धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनामा महासेठले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको अन्तरले पराजित गरेका हुन् । सो क्षेत्रमा एमाले एक्लै प्रतिष्पर्धामा थियो ।

धनुषा ४ मा एमालेका उम्मेदवार महासेठले मतान्तर घटाए

काठमाडौँ- धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल कांग्रेसका उम्मेदवार महेन्द्र यादव सात सय ४५ मतले महासेठभन्दा अघि छन् । हाल यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा छन् । हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा […]

धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता

काठमाडौं : धनुषा ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २५ हजार १७२ मत पाएका छन्। यस्तै, यादवले २५ हजार ३१ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबिचको मतान्तर १४१ रहेको छ।

धनुषा ४ मा एमालेका महासेठले लिए झिनो अग्रता

काठमाडौंः धनुषा ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २४ हजार ४८२ मत पाएका छन्। यस्तै, यादवले २४ हजार ४४८ मतका साथ पछ्याइरहेका छन्।

धनुषा–४ मा एमालेका महासेठको अग्रता कायमै, महेन्द्र यादव पछ्याउँदै

काठमाडौं, ८ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको अग्रता कायमै छ । महासेठले ८००९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका महेन्द्र यादवले कडा टक्कर दिएका छन् । यादवले ७९८१ मत ल्याएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका महाजन यादवले २५३२ मत ल्याएका छन् ।

धनुषा-४ मा एमालेका महासेठको अग्रता कायमै, कांग्रेसका यादव पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा-४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्रको जनकपुर वडा नम्बर १३ को गणना पूरा हुँद्या महासेठले २४०५ मत ल्याएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवले ८८० मत प्राप्त गरेका छन् । उक्त वडामा जम्मा २०५ मत खसेको थियो ।

धनुषा ४ मा कांग्रेसका यादवको सुरुवाती अग्रता, एमालेका महासेठ पछि परे

धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् ।