धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन् ।जारी मतगणनामा महासेठले २५,१७२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २५,०३१ मत प्राप्त गरेका छन् ।