भोजपुर कोभिड अस्पताललाई विभिन्न संघ संस्थाको सहयोग

भोजपुर : भोजपुर कोभिड अस्पतालका लागि सहयोग जट्ने क्रम बढेको छ। अस्पताललाई सहजरुपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीहरुले ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरेको समाजका  केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए।त्यस्तै, अस्पतालको लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार रुपैयाँ बराबरको अक्सिजनसहित १० वटा सिलिन्टर प्रदान गरेका छन्। श्रेष्ठले आफू कोभिडको बिरामी भएर उपचार गराउँदा अक्सिजनको आवश्यक

सम्बन्धित सामग्री

भोजपुरको कोभिड अस्पतालका लागि सहयोग जुट्दै

भोजपुर– कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम जारी छ। अस्पताललाई सहज रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्च कटाएर ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए। त्यस्तै, अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार […]

दुर्गमका अस्पताललाई चौधरी ग्रूपको सहयोग

विराटनगर । जिल्ला अस्पताल भोजपुर र इलामलाई चौधरी ग्र्रूपले दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालयको स्थापना गरेको चौधरी ग्र्रूपले ती दुई अस्पताललाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो । प्रदेश सांसद शेखरचन्द्र थापाले कार्यालयको उद्घाटन गर्दै एक कार्यक्रमका बीच चार थान अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरे । चौधरी ग्रूपको चौधरी फाउण्डेसनले कोभिड–१९ को महामारी नियन्त्रण र न्यूनीकरणका लागि मुलुकमा महŒवपूर्ण योगदान पु¥याइरहेको थापाले बताए । कार्यक्रममा कार्यालयका प्रदेश १ का बजार प्रतिनिधिका प्रमुख, नबिल बैंकका प्रादेशिक प्रमुख सुबोध लोहनी लगायतको उपस्थिति थियो । यसअघि आफ्ना उद्योगमार्फत गरिएका उत्पादनलाई बजारसम्म पु¥याउने काम मात्रै गरिरहेको चौधरी ग्रूपले पहिलोपटक विराटनगरमा प्रादेशिक कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको छ । सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उद्देश्य राखेर व्यापारिक घरानाले कार्यालय सञ्चालनमा ल्याएको जानकारी कार्यालयका प्रमुख रामजी कटुवालले दिए । दुर्गम जिल्लामा अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा भइरहेको जटिलतालाई केही हदसम्म सहज बनाउने प्रयासस्वरूप कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरिएको उनले बताए । आगामी दिनमा पनि चौधरी फाउण्डेसनले सहयोगलाई निरन्तरता दिने अपेक्षा उनले गरे । सहयोगलाई निरन्तरता दिन कोरोना महामारीमा विभिन्न स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य सामग्रीको अभाव, बिरामीको उपचारमा भइरहेको असहजता तथा समस्याबारे अध्ययन भइरहेको उनको भनाइ छ । विगतदेखि नै विपद्, शिक्षा र स्वास्थ्य क्षेत्रमा चौधरी गू्रपले आफ्नो फाउण्डेसनमार्फत सहयोग गरिरहेको कटुवालले बताए । सुनसरीमा रहेको सीजी फुड्स उद्योगमार्फत वाईवाई चाउचाउ, स्न्याक्स, क्विक्स चिप्स लगायतको उत्पादन हुँदै आएको छ ।

कर्मचारीद्वारा कोभिड अस्पताललाई सहयोग

भोजपुर, २८ जेठ: षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई वडा कार्यालयका कर्मचारीले सहयोग सङ्कलन गरी विविध सामाग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच शय्या, दुई व्हीलचेयर, २५ पिपिइसेट र एडल्ट डायपर १०० थान अस्पताललाई कर्मचारीले सहयोग गरेका हुन् । कर्मचारीले एक लाख ५१ हजार रकम सङ्कलन गरेर स्वास्थ्य सामग्री खरिद गरेर अस्पताललाई बुझाएको नगरपालिकाका प्रमुख […]

अस्पताललाई ह्विलचियर सहयोग

भोजपुर हातेमालो समाज युएईले जिल्ला अस्पताल भोजपुर र दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई ह्विलचियर उपलब्ध गराएको छ । संस्थाले बुधबार एक

नवगठित समाजद्वारा अस्पताललाई सहयोग

भोजपुर, भदौ २५ गते । नवगठित भोजपुर हातेमालो समाज युएईले यहाँको अस्पताललाई आर्थिक सहयोग गरेका छन् । भोजपुरबाट वैदेशिक रोजगारीका लागि...

नवगठित समाजद्वारा अस्पताललाई सहयोग

नवगठित भोजपुर हातेमालो समाज युएईले भोजपुरको अस्पताललाई आर्थिक सहयोग गरेका छन् । भोजपुरबाट वैदेशिक रोजगारीका लागि युएई गएका युवाको सक्रियतामा गठित समाजले जिल्ला अस्पताललाई सहयोगार्थ ह्विलचियर खरीदका लागि एक लाख रुपैयाँ दिने भएका हुन् । जिल्लामा आइपर्ने प्राकृतिक तथा दैवी विपत्ति र जिल्लाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले समिति गठन गरेको संयोजक ज्ञानेन्द्र राईले बताए ।…