सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरमा चुनावी चर्चा चुलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ गाउँ पुग्न थालेका हुन् ।जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म लिभिङ गरिरहेका छन् । विभिन्न दलका तर्फबाट मकवानपुरको स्थानीय तहहरुमा उम्मेदवारी घोषणामा लागेका छन् भने आफ्नो पक्षमा टिकटको ल