प्रचण्ड–माधव पक्षका नेताहरु आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेका छन् । पेरिसडाँडामा आज अपरान्ह बसेको सो पक्षको स्थायी कमिटी बैठकले पूर्व नेकपा (एमाले) पक्षका नेताहरु पुरानै घर एमालेमा र तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेताहरु सोही पार्टी व्यूँताउने निर्णय गरेका हुन् ।