विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । धर्ना कार्यक्रममा उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आफूहरुसँग गरेको प्रतिबद्धता विपरि