काठमाडौं : आजबाट शुरु भएको थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशले जित निकालेको छ। दशरथ रंगशालामा भएको कीर्गिस्तानविरुद्धको खेलमा बंगलादेशले १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो।
खेलको पहिलो हाफमा कीर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो। खेलको २९ औँ मिनेटमा कुमारबाज उलु बाइएमानले आत्मघाती गोल गर्दा कीर्गिस्तान…