काठमाडौं : ज्येष्ठ सदस्य तथा सभाभुख पशुपति शमशेर जबराको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ।नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए। ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुट