सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । महाभियोगपछि जबरा निलम्बित भइसक