काठमाडौं : संघीय संसद पटकपटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र दलका नेतालाई बोलाइएको छ। आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको कदमको विरोध गर्दै आएको छ।&n