काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिरको कोभिड महामारीका कारण चिन्तित रहेको बताएका छन्। आज एक भिडिओ सन्देश जारी गर्दै आफूहरु स्वास्थ्यलाभको क्रममा रहेको बताए। “हामी स्वास्थ्यलाभको क्रममा छौं,तर देशभित्र र बाहिर रहेको महामारीका कारण चिन्तित छौं”,उनले भने,“महामारी नियन्त्रणका लागि हाम्रो आफ्नै संकल्प र अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता छ।” उनले महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सेनाहरुलाई धन्यवाद दिए।