पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ आमा, स्वस्थ बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ। ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो।