सर्वोच्च शिखर सगरमाथालगायत मुलुकका अग्ला हिमाल आरोहण नै नगरी शिखर चुमेको दावी गर्ने ‘नक्कली पर्वतारोही’ बढ्न थालेसँगै सरकारले यसको नियन्त्रणका लागि अबदेखि जीपीएस ट्र्याकिङ गर्ने भएको छ । नेपाली सम्पर्क अधिकृतलाई गलत सूचना दिएर आरोहणको दावी गर्दै प्रमाणपत्र लिने प्रवृत्ति बढेसँगै सरकारले नियन्त्रणका लागि प्रविधिको उपयोग गर्न लागेको हो ।
केही समयअघि भारतीय दम्पत्ति दिनेश र ताराकेश्वरी राठौरको प्रमाणपत्र रद्द गरेको सरकारले आधा दर्जन अन्य आरोहीमाथि पनि छानबिन गरिरहेको छ । पछिल्लोपटक नरेन्दर सिंह यादव र सीमा रानी ग्...