काठमाण्डाै – नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ । नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । यस्तै आजकाे खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० ...