राप्रपाको युवा संगठनले भन्यो : मलमा अनुदान कटौती निन्दनीय

३० फागुन, काठमाडौं । राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सरकारले रासायनिक मलमा अनुदान कटौती गरेकामा विरोध जनाएको छ । संगठनले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारले किसानको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरुलाई प्रत्यक्ष मार पार्ने गरी मलमा मूल्यवृद्धि हुने निर्णय गरेको बताएको छ । ‘यसबाट सत्तासिन वर्गले किसानलाई हेर्ने दृष्टिकोण […]

सम्बन्धित सामग्री

आर्थिक सुधारका लागि १५ वर्षको प्रतिबद्धता

केही समयअघि एक सांसदले संसद्मा समाचारको शीर्षक पढेर सरकारले मलमा अनुदान कटौती गरेको विषयमा कडा आलोचना गर्नुभयो । उहाँले बोलिसकेपछि मैले ह्वाट्सएपमा सानो फोटोसहित एउटा म्यासेज पठाएँ । उहाँले जुन विषयको आलोचना गर्दै बोल्नुभएको थियो, उहाँ आफैं मन्त्री छँदा गरिएको निर्णय पत्रिकाले ढिलो गरी थाहा पाएर त्यो दिन छापेको थियो । मैले यही कुरा ह्वाट्सएप म्यासेजमा उल्लेख गरेको थिएँ ।

अहिलेको सरकार जनविरोधी छ : विष्णु रिजाल

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको सरकार जनविरोधी रहेको बताएका छन्।(एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहीबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पीपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन्।एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका नेता रिजालले अहिलेको सरकारले मलमा अनुदान कटौती, मुस्ताङमा बौद्ध विश्वविद्यालय, भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्नु नपर्ने लगायतका निर्णय जनताको हितविपरीत रहेको बताए।

मलमा अनुदान  घटाउने निर्णय फिर्ता

रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मलमा अनुदान कटौतीलाई स्थगित गरेको हो । २९ फागुनमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। उपराष्ट्रपति उम्मेदवारबारे सत्ता गठबन्धनमा जुटेन सहमति आजसम्म जुटेको छैन। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन्।उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने भएको छ। सरकारले विदेश जानेलाई दिइने श्रम स्वीकृतिको २ वर्षे म्याद हटाएको छ। र रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको विरोध गर्दै किसान संगठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

मलमा अनुदान कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । रासायनिक मलमा दिइने अनुदान कटौतीको निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी किसान संघसंगठनहरूले दिएका छन् । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधवार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सरकारले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । सरकाले उक्त निर्णय फिर्ता नलिए चैत ३ गतेदेखि आन्दोलन गर्ने किसान संघसंगठनले बताएका छन् । ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने र त्यसपछि स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी आवश्यकताका आधारमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । सरकारले गत फागुन २६ मा मन्त्रीस्तरीय निर्णय गर्दै रासायनिक मल खरीदमा किसानलाई दिँदै आएको ७० दशमलव ८२ प्रतिशत अनुदान कटौती गर्दै ५९ दशमलव ४ प्रतिशतमा झारेको थियो । तीनओटै संगठनले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णयप्रति संयुक्त किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । मलमा भएको यस प्रकारको अनुदान कटौतीको निर्णयले कृषि उत्पादनको लागत बढेर कृषि उपजको मूल्यमा उच्च वृद्धि हुनेछ ।’ पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले खेतीको समयमा सधैंजसो मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा धकेल्नेगरी आएको अनुदान कटौतीको निर्णयले किसानलाई निरुत्साहित गरेको बताए । नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारले किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरूलाई थप मार पर्नेगरी अनुदान कटौतीको निर्णय गरेको टिप्पणी गरे ।

मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौँ - काँग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलका दिँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन ।  बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजा...

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको सट्टा मलमा दिँदै आएको अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात […]

गगन थापा

केही समयअघि एक सांसदले संसद्मा समाचारको शीर्षक पढेर सरकारले मलमा अनुदान कटौती गरेको विषयमा कडा आलोचना गर्नुभयो । उहाँले बोलिसकेपछि मैले ह्वाट्सएपमा सानो फोटोसहित एउटा म्यासेज पठाएँ । उहाँले जुन विषयको आलोचना गर्दै बोल्नुभएको थियो, उहाँ आफैं मन्त्री छँदा गरिएको निर्णय पत्रिकाले ढिलो गरी थाहा पाएर त्यो दिन छापेको थियो । मैले यही कुरा ह्वाट्सएप म्यासेजमा उल्लेख गरेको थिएँ ।

मलमा अनुदान कटौती

विगत लामो समयदेखि नेपालमा रासायनिक मलको पर्याप्त आपूर्ति नहुँदा कृषक मारमा परिरहेको कुनै नौलो विषय होइन । कृषिकर्मका निम्ति मलखादको उपयोगिता सायदै कसैलाई बुझाइरहनु पर्ला तथापि रासायनिक मलको अभाव राष्ट्रिय चुनौती बनिरहेको छ । बर्सेनि मलका कथा दोहोरिइरहेको छ र यो पटक त अझ बेग्लै प्रकारले दोहोरिएको छ । बेग्लै कथा मूल्य वृद्धिको मार हो । रासायनिक मल अभावको स्थितिबाट गुज्रिरहेका कृषकलाई मूल्य वृद्धिको मार र भार थपिनु पक्कै पनि सुखद होइन । सरकारले सोमबारदेखि नै लागू हुने गरी सबै प्रकारका रासायनिक मलमा दिँदै आएको अनुदानमा कटौती गर्ने निर्णय