केही समयअघि एक सांसदले संसद्मा समाचारको शीर्षक पढेर सरकारले मलमा अनुदान कटौती गरेको विषयमा कडा आलोचना गर्नुभयो । उहाँले बोलिसकेपछि मैले ह्वाट्सएपमा सानो फोटोसहित एउटा म्यासेज पठाएँ । उहाँले जुन विषयको आलोचना गर्दै बोल्नुभएको थियो, उहाँ आफैं मन्त्री छँदा गरिएको निर्णय पत्रिकाले ढिलो गरी थाहा पाएर त्यो दिन छापेको थियो । मैले यही कुरा ह्वाट्सएप म्यासेजमा उल्लेख गरेको थिएँ ।