दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको सरकार जनविरोधी रहेको बताएका छन्।(एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहीबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पीपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन्।एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका नेता रिजालले अहिलेको सरकारले मलमा अनुदान कटौती, मुस्ताङमा बौद्ध विश्वविद्यालय, भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्नु नपर्ने लगायतका निर्णय जनताको हितविपरीत रहेको बताए।