सोलुखुम्बु - सोलुखुम्बु माप्यदूधकोशी गाउँपालिका-५ काँकुकी डोल्मा शेर्पा बिहान सबेरै उठ्नुहुन्छ । उठेर भुटेकाे मकै पाेकाे पार्नुहुन्छ अनि निहुराे टिप्न जङ्गल जानुहुन्छ ।
उहाँ हप्तादिनभरि निहुराे टिप्नुहुन्छ अनि शनिवार सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट बजारमा बिक्री गर्नुहुन्छ । निहुराे बेचेर आएकाे आम्दानीबाट उहाँकाे घरखर्च र बालबच्चाकाे पढाइ खर्च टरेकाे छ । जङ्गलमा यत्तिकै खेर जाने निहुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आउनुभएको छ । यही आम्दानीब...