भक्तपुर : मध्यपुर थिमिमा नवदुर्गा नाच आज सम्पन्न भएको छ। यहाँ य:मरि पुन्हीको दिनदेखि एक हप्तासम्म नवदुर्गा देवगणले नृत्य प्रस्तुत गर्ने गर्छन्।
११ वर्ष सम्म थिमिमा रोकिएको नवदुर्गा नाच २०७५ सालदेखि पुन: सुरु भएको हो।
हप्तादिनमा मध्यपुर नगरपालिकाको दिगुटोल, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, नगदेश, बोडे लगायत अन्य स्थानमा नवदुर्गा नाच…