सुर्खेत । ०७४ मा नेकपा (माओवादी केन्द्र) को बलमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेको नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा होमिएको छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी केन्द्र, माओवादी र कांग्रेससहितको गठबन्धन एकातिर र एमाले अर्कोतर्फ छ । केन्द्रमा राप्रपासँग तालमेल गरेता पनि कर्णालीमा भने एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा हुँदै एमाले विभाजनको कारक बनेको कर्णालीमा एमाले अन्य प्रदेशको तुलनामा कमजोर छ । उदाहरणका लागि ०७४ मा २७ पालिकाको नेतृत्व प्राप्त गरेको