दाङको दुई उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरेका छन् । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्बजनिक गरिसकेका छन् । भोलि दुबै उपमहानगरपालिकाले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन । घोराही उपमहानगरपालिकाले आउने आर्थिक वर्षको लागि झण्डै १ अरब बढीको हारहारीमा बजेट ल्याउन थालेको छ । घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले १ अरब ७५ करोडको हारहारीमा बजेट ल्याउन लागेको बताए । उनका अनुसार बजेटमा उपमहानगरपालिकाले कोभिड लक्षित रहेको छ ।