धुम्रपान क्यान्सरको कारण हो । धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । तर, धुम्रपान नगर्ने व्यक्तिमा पनि फोक्सोको क्यान्सर हुन्छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानमा धुम्रपान नगर्ने व्यक्तिमा प्राकृतिक रुपमा क्यान्सर बढ्ने तथ्य खुलेको छ ।अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युटले २३२ जना क्यान्सरका विरामीमाथि अनुसन्धान गरेको थियो । ती बिरामीहरुले कहिल्यै पनि धुम्रपान गरेका थिएनन् । उनीहरुको शरीरबाट क्यान्सर युक्त ट्युमरको नमुना लिएर जिनोम सिक्वेन्सिङ गरियो ।&nb