परेराले गरे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

श्रीलंकाका अलराउण्डर दिलरुवान परेराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । परेराले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ३९ वर्षीय परेराले घरेलु क्रिकेट भने खेल्ने छन् । श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

सम्बन्धित सामग्री

जिएचले गरे सन्यासको घोषणा

मोरक्कोका विंगर हाकिम जिएचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेल्सीका विंगर जिएचले २८ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । एक अन्तर्वार्तामा जिएचले आफु राष्ट्रिय टिममा नफर्कने बताएका छन् । 'म राष्ट्रिय टिममा फर्कने छैन,' उनले भनेका छन् । जिएच पछिल्लो पटक अफ्रीका कप अफ नेसन्स खेल्ने टिमबाट हटाइएका थिए । यस अघि उनी विश्वकप छनोट खेल खेल्ने टिमबाट समेत हटाइएका थिए । मोरक्कोका लागि जिएचले ४० खेल खेलेका छन् । जसमा १७ गोल गरेका छन् ।

नेपाललाई ऐतिहासिक सफलता दिलाएका अल्मुताईरिले किन गरे नेपाल छाड्ने घोषणा ?

दक्षिण एशियाकै सबै भन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपमा नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। नेपाललाई ऐतिहासिक सफलता दिलाए लगत्तैको प्रेसमिटमा अब्लुल्लाह अल्मुताइरीको यो घोषणाले नेपालका फुटबल प्रेमीलाई अचम्मित बनाएको छ। साफ च्याम्पियमशिप सुरु भएयताकै नेपालको ठुलो उपलब्धि हासिल गरे लगत्तै अब्लुल्लाह अल्मुताइरीले गरेको यो घोषणालाई धेरै अर्थपूर्ण मानिएको छ। अब्लुल्लाह अल्मुताइरीलेले भनेका छन्, 'अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै अरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्री म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् । एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,’’ नेपालका प्रशिक्षक अल्मुताइरीले भने, ‘‘आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइन । हामी परिवार हौँ । हामी मानव हौँ ।' उनले अगाडी भने, 'हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको अरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिए । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।'उनको यो घोषणाले नेपालको फुटबल उद्योगमा धेरै ठुला समस्याहरु भएको कुरालाई उजागर गरेको छ भने नेपालको फुटबललाई हेर्ने अन्तराष्ट्रिय दृष्टिकोणमा समेत ठुलो धक्का लागेको छ। बंगालदेशसँगको १-१ को बराबरी खेलेर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपमा यो नै नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो। आजको खेलमा नेपाल बिरुद्द ९ मिनेटमै लिएको अग्रता जोगाउन बंगलादेशले पूरै रक्षात्मक भएर खेल्यो। झण्डै सफल पनि भएको थियो । तर, अन्तमा भाग्यले नेपाललाई साथ दियो ।खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पाएपछि खेलको नतिजा मोडियो अञ्जन विष्टले मौका खेर फालेनन् । खेल बराबरीमा टुंगियो। र नेपाल ऐतिहासिक सफलता हासिल गर्दै फाइनलमा पुगेको हो।   बंगलादेशी खेलाडी रोएको दृष्यले नेपाली दर्शकलाई सन् १९९९ को साग फुटबलको फाइनलको याद ताजा गराएको छ । घरेलु मैदानमा भएको उक्त फाइनलमा नेपाल बंगलादेशसँग १-० ले हारेको थियो । खेलमा पूर्णनियन्त्रण कायम गरे पनि गोल गर्न चुक्दा नेपाल उपाधिबाट वञ्चित भएको थियो । नेपाली खेलाडीहरू यसरी नै मैदानमा रोएका थिए। बंगलादेशसँगको उक्त हारको बदला नेपालले आज लिएको छ ।

एनआरएनएको अध्यक्षमा गृहजिल्लाबाट आचार्यले गरे उम्मेदवारीे घोषणा

काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तराष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।  आचार्यले कुश्मामा आइतबार (हिजो) पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरेर यही कात्तिक ६ देखि ८ गते (अक्टोबर २३ देखि २५) सम्म काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन् । […]

अन्तराष्ट्रिय यात्रामा खुकुलो बन्दै बेलायत, तर नेपाल अझै पनि रेड लिस्टमा

बेलायत सरकारले बाह्य मुलुकको यात्राका लागि लागू गरेको आफ्नो नियम परिवर्तन गरेको छ । शुक्रबार बेलायत सरकारका यातायातमन्त्री ग्र्यान्ट श्याप्सले आगामी अक्टोबर ४ देखि कार्यान्वयन हुने गरी अन्तराष्ट्रिय् यात्रासम्बन्धि नियम थप ‘सरल’ पारिएको घोषणा गरे । बेलायतले बाह्य मुलुकबाट हुने यात्राको लागि अहिले कायम गरेको ग्रीन, एम्बर र रेड लिस्ट देशहरुको वर्गीकरण नयाँ नियम लागू […]

टोनी क्रुसले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

एजेन्सी। जर्मनीका मिडफिल्डर टोनी क्रुसले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३१वर्षीय क्रुसले ११वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताए।क्रुस २०१४मा जर्मनीले विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए।२०१०मा अर्जेन्टिनाविरुद्धको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुसले जर्मनीका लागि १०६ खेलमा १७गोल गरेका छन्।

कोरोना महामारीमा सूचनाको हकको महत्वबारे आयोगको अन्तरक्रिया

सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले कोरोना महामारीका समयमा सूचनाको हकको महत्व विषयक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले गत वर्ष अर्थात् १५ अक्टोबर २०१९ मा सेप्टेम्बर २८ लाई प्रत्येक वर्ष सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसका रुपमा मान्ने गरी घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघले घोषणा गरे पश्चातको […]

निःशुल्क जग्गा दिँदा पनि बजेट पाईएन

जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको खेल मैदान बनाउन जग्गा अभाव भएपछि फिदिम–५ को सरसीउला भन्ने ठाँउका बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरे ।

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोज...

चर्चित फुटबलर रुनीले गरे सन्यासको घोषणा

विश्व फुटबलका चर्चित खेलाडी वेन रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। इङ्ग्ल्याण्डका किर्तिमानी फुटबलर रुनीले १४