प्रदेश १ का सांसदहरूले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रदेश सरकारले बुधबार ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रदेशसभामा बिहीबार सुरु भएको छलफलमा सांसदहरूले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन सुझाव दिएका हुन् ।