पछिल्ला १६ दिनमा ४ सय १८ अंकले बढेको नेप्से २२ सय अंकमाथि भने जान सकेको छैन । लगातार १६ दिनसम्म बढेको बजारले २२७८ विन्दु चुमेर फर्किएको बजारले फेरि सो रेकर्ड तोड्न नसकेकाे हाे ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ५४ दशमलव ४५ अंकले बढेको छ । आज ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यससंगै नेप्से आज २१३२ दशमलव ९६ अंकमा कायम रहेको छ ।
काठमाडौँ । साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से २२३८ अङ्कमा झरेको छ । बजारको यो अङ्क २०७७ पुसयताकै न्यून विन्दु हो । बिहीबार ३७ अङ्कले नेप्से घटेको हो । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन १ अर्ब २६ करोडको कारोबार भएको थियो । कुल ५ कम्पनीको मूल्य मात्रै […]
काठमाडौं, ८ चैत्र । साताको कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज १२ दशमलव ५४ अंकले बढेर २६ सय ४७ दशमलव २० विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ६ अंकले बढेर ४९८ दशमलव ३६ विन्दु कायम भएको छ। शेयर […]
काठमाडौं । नेपालको धितोपत्र बजार सोमवार २ हजार ८०० विन्दुनजिक पुगेको छ । यस दिन १९ दशमलव ४३ अंकले समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेर २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको हो । नेपालको धितोपत्र बजारको इतिहासमा ३ हजार २०० विन्दुमाथि पुगेको बजार केही समय घटेर मङ्सिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको थियो ।
कोभिडका कारण देशभरका अन्य व्यावसायिक क्षेत्रहरू सञ्चालनमा नआउँदा पूँजीबजार सबैको लगानीको क्षेत्र बन्दा पनि बजार सकारात्मक बनेको थियो । यतिबेला फेरि पनि कोभिडको तेस्रा लहरले विश्व त्रस्त बनेको छ । यस अघि कोभिडकै बीच गति लिएको बजारले अब पनि सोही गतिलाई पच्छ्याउने अनुमान लगानीकर्ताको रहेको छ ।
अनुभवी लगानीकर्ता दीपेन्द्र अग्रवालले यतिबेला लगानीकर्ताको मनोबल गिराउने खालका नकारात्मक विषय नभएकाले बजारमा सकारात्मक प्रभाव परेको बताए । ‘यतिबेला लगानीकर्ताहरूलाई न त मार्जिन कलको त्रास छ न मार्जिन कर्जा सीमाको समस्या छ,’ उनले भने, ‘यी सबै समस्याबाट पन्छिसकेका लगानीकर्ता अहिले ढुक्क भएर लगानी गरिरहेका छन् ।’ लगानीकर्ताको संख्यामा वृद्धि भई ४८ लाख पुगिसकेकाले यी लगानीकर्ताको मनोबलमै बजार बढ्ने र घट्ने निर्भर रहेको टिप्पणी अग्रवालले गरे । बजारले यसअघिको उच्च विन्दु ब्रेक गरेमा त्यसभन्दा माथिकै विन्दु कायम हुने विश्वास अग्रवालको छ ।
नेपालको इतिहासमा भदौ २ गते नेप्से परिसूचक ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको थियो । त्यसपछि घट्न थालेको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको थियो । नेप्से परिसूचक उच्च अंकदेखि ९१६ दशमलव ९३ अंकले घटिसकेको अवस्थामा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. १२ खर्ब ६० अर्ब ७२ करोडभन्दा बढीले घटेको थियो । कारोबार रकम पनि घट्दै गएकामा त्यसमा समेत सुधार आएकाले बजारले सकारात्मक गति लिने विश्वास लगानीकर्ताको रहेको छ ।
नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गते लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात कुल बजार पूँजीकरणमा पनि हालसम्मकै उच्च रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । मङ्सिर २७ गते कुल बजार पूँजीकरण रू. ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाखमा झरेको थियो । पुस २६ गते भने नेपालको धितोपत्र बजारको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५२ हजार पुगेको छ । मङ्सिर २७ गतेको तुलनामा पुस २६ गतेसम्म लगानीकर्ताहरूको सम्पत्तिको मूल्य रू. ७ खर्ब २६ अर्ब ५० करोडले वृद्धि भएको छ ।
शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार ३१०० को कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१०० विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो ।सोमवार र आइतवार सामान्य बढेको नेप्से मंगलबार २६.०२ अङ्कले बढेर ३,१११.०९ विन्दुमा पुगेको हो ।मंगलबार दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा […]
मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यसो त आज ठूला क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन सबैजसो समूहहरु धना
काठमाण्डाै – शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आइतवार (आज) ५४ अङ्कभन्दा धेरैले बढेर दुई हजार सात सय ३८ दशमलव २९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा उच्च विन्दु २ हजार ७ सय ३५ दशमलव ४६ अङ्क रहेको थियो ।
आज कारोबार हुने सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक पाँच सय ८४ दशमलव २१, जीवन बीमा समूहको परिसूचक पाँच सय २८ दशमलव ७८ र विकास बैंक समूहको परिसूचक एक सय १२ दशमलव ५९ ...
काठमाडौं, बैशाख १ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको शेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेप्से परिसूचक २ हजार ७१४ दशमलव […]
काठमाण्डाै – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ ।यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो । यसअघि नेप्से गएको मंसिर १७ गते सबैभन्दा धेरै २ हजार ७१ विन्दुमा पुगेको थियो । आज निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय ८७ अंकले, जीवन बीमा समूहको शेयर १ सय ७२ अंकले, बैंक समूहको ३० र अन्य समूहको शेयर २३ अंकले बढेको छ ।२ सय ७ कम्पनीका १ करोड ११ लाख कित्ता शेय...