नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सकिएको आठ महिनापछि पार्टी पदाधिकारी टुङ्गो लाग्ने भएको छ । गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको महाधिवेशन पदाधिकारी नटुङ्ग्याई सम्पन्न भएको थियो ।गत असार १९ गतेदेखि २३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा नेताहरुले पदाधिकारीसहित सबै कमिटी टुङ्गो लगाउन दबाब दिएका थिए । केन्द्रीय समितिलाई अध्यक्ष प्रचण्डले पूर्णता दिए पनि पोलिटब्यूरो सदस्यको नाम तीन पटक पढेर सुनाए । कमिटीमा बस्ने नेताको नामका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै बैठकमै नेताहरुले आपत्ति जनाए ।अ