आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक

गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा  मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालय अगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए । ‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन ग¥यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने । विद्यार्थीको आन्दोलनपछि

सम्बन्धित सामग्री

आफ्नै विद्यालयका विपन्न अभिभावकलाई तनहुँका शिक्षक दम्पत्तीद्वारा खाद्यान्न सहयोग

पर्वत : तनहुँको रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रही अहिले बेतलबी बिदामा रहेका तनहुँकै रमेशराज भट्टराई पेसाले शिक्षक मात्रै नभइ सामाजिक सेवाका एक जना अभियन्ता पनि हुन्। गत असोजमा काठमाडौँमा भएको शिक्षक आन्दोलनको क्रममा ट्रकमा पानी ओसारेर आन्दोलनकारीहरूको तिर्खा मेटाएका उनै शिक्षक भट्टराई दम्पतीले दशैँको रमाइलोमा पनि निराश अवस्थामा रहेकाहरूमा खुसी भर्ने प्रयास गरेका छन्।भट्टराईकी पत्नी गौरादेवी अधिकारी तनहुँकै ब्यास नगरपालिका–६ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा माध्यमिक तहको गणित

अपांगता भएका शिक्षक भन्छन् : हामी कमजोर छैनौँ, अधिकारका लागि लड्छौँ

काठमाडौँ : शिक्षक आन्दोलनको आज तेस्रो दिन। बुधबारदेखि माइतीघर मण्डलाबाट सुरु गरेको शिक्षक आन्दोलन अझै जारी छ। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनमा देशभरका एक लाखभन्दा बढी शिक्षक सहभागी छन्। जसभित्र फरक क्षमताका शिक्षकहरू पनि सहभागी छन्।विभिन्न कठिनाइ भोगिरहे पनि उनीहरूले आवाज बुलन्द पार्दै आएका छन् । उनीहरू सक्षम शिक्षक सरह आन्दोलनमा होमिएका छन्। रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित नवदर्शन माविका स्थायी शिक्षक गोविन्दबहादुर बुढाथोकी तीन द

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षक र विद्यालयका कर्मचारीको मुलभुत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । […]

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, […]

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघ पनि आन्दोलनमा

२५ साउन, काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा […]

प्रधानमन्त्रीसँग शिक्षक नेताहरूको भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विद्यालय कर्मचारीको जारी आन्दोलनको सम्बोधनबारे मंगलबार शिक्षक नेताहरूको भेटवार्ता भएको छ । सो सम्बोधन एवं सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गराउने प्रयत्नअन्तर्गत आज प्रधानमन्त्री दाहालसँग उहाँको कार्यकक्षमा सिंहदरबारमा विचारविमर्श भएको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने बताउनुभयो । भेटमा …

माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।आन्दोलनका कार्यक्रम अनुसार भदौ २६ र २७ गते देशभरका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टन कार्य समितिहरुले सहकार्य गरी संघीय संसद्मा प्रतिनिधित्व गर्ने र उनीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । भदौ २८ गते देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, भदौ ३० गते शिक्षकहरुले पेनडाउन गर्ने, उक्त दिनमा शिक्षकहरु विद्यालय जाने

'मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज'

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले राजनीतिकरुपमा मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज भएको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश समितिको दोस्रो परिषद्लाई सम्बोधन गर्दै इञ्चार्ज बस्नेतले आजको परिवर्तन नै माओवादीको अगुवाइमा भएको दाबी गरे । उन्नाइसदिने आन्दोलन १२बुँदे समझदारीको जगमा भएको तर्क गर्दै उनले गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक व्यवस्था माओवादीको आन्दोलनको उपलब्धि भएको जनाए । माओवादी केन्द्रका प्रदेश सचिव राम...

शिक्षक आन्दोलनमा प्रहरीको धरपकड, ६० बढी गिरफ्तार

काठमाडौं। नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। १०बजे प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन टंगालमावि नक्सालमा भेला भएका शिक्षकहरुमाथि प्रहरीले धरपकड गरेको हो। प्रहरीले विद्यालयभित्रै पसेर आन्दोलनको तयारीमा रहेका ६०बढी शिक्षकहरुलाई गिरफ्तार गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। हाल पूर्ण दवाडी, लक्ष्मीकिशोर सुवेदी,शंकर अधिकारी, राजेन्द्रराज पौडेललगायतका शिक्षक नेताहरुलाई कमलपोखरी प्रहरी परिसरमा हिरासतमा राखिएको छ।

नेपाल शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलनकाे घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतवार विज्ञप्ति जारी गर्दै जेठ ५ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु हुने महासंघले जानकारी दिएको छ । यस्ता छन् आन्दोलनका कार्यक्रम :