‘जनगणना-२०७८’ का केही फरक विशेषता

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली त...