आजदेखि राष्ट्रिय जनगणना शुरू

काठमाडौं । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आज (बिहीवार) देखि शुरू हुँदै छ । १५ दिनसम्म चल्ने जनगणनाको थालनी राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर केन्द्रीय तथ्यांक विभागले शुरू गर्न लागेको छ । राष्ट्रिय जनगणनाको यो १२औं शृंखला हो । विसं १९६८ देखि नेपालमा जनगणना हुने गरेको छ । मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाबाट नेपालको जनसंख्या ३ करोड नपुग्ने अनुमान तथ्यांक विभागको छ । जनगणनाको पूर्वसन्ध्यामा बुधवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले ३ करोड जनसंख्या नपुग्ने अनुमान गरिएको बताए । नेपालको जन्मदर कम हुँदै गएको र विदेश पलायन पनि बढेकाले जनसंख्याले ३ करोडको आँकडा पार नगर्ने अनुमान विभागको छ । राष्ट्रिय जनगणना कार्यका लागि ४० हजार गणक परिचालन हुँदै छन् । एउटा परिवारको तथ्यांक संकलन गर्न करीब ३० मिनेट लाग्नेछ । ८० ओटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक श्रेष्ठले बताए । एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । १५ दिनसम्म जनगणना हुने विभागले जानकारी दिएको छ । जनगणनाका लागि कुल ४ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जनगणनाको सम्पूर्ण काम सक्न ५ वर्षको समय लाग्ने श्रेष्ठले बताए । उनका अनुसार यसअवधिमा ४ अर्ब रुपैयाँ खर्च हुनेछ । ‘सबैभन्दा बढी यस वर्ष ३ अर्ब जनगणनामा खर्च हुन्छ । त्यसमा पनि १ अर्ब ६० करोड गणक र सुपरिवेक्षकको तलब भत्तामै जान्छ,’ श्रेष्ठले भने । विभागले सातओटा प्रदेशमा जनगणना कार्यालय, ८७ ओटा जिल्ला जनगणना कार्यालय तथा ३४९ स्थानीय जनगणना कार्यालय खडा गरेको छ । यसअघि गणकहरूमा प्रायः शिक्षकलाई राखिने गरेकामा यसपटक भने शिक्षकलाई सुपरिवेक्षकमा खटाइएको छ । कम्तीमा प्रवीणता प्रमाणपत्र अध्ययन सकेका ४० हजार बेरोजगार युवालाई स्थानीय तहको प्राथमिकताका आधारमा गणकमा नियुक्त गरिएको श्रेष्ठले बताए । काठमाडौंलगायत ६ शहरमा जनगणनाका लागि ट्याबलेटको प्रयोग गरिने भएको छ । २२ सय ५० ओटा ट्याबलेट प्रयोग हुनेछ । ट्याबलेट महँगो पर्ने भएकाले सबै ठाउँमा प्रयोग गर्न नसकिएको श्रेष्ठको भनाइ छ । विभिन्न देशको कूटनीतिक कार्यालय, दूतावासहरूमा काम गर्ने नेपालीहरूको भने इ–सेन्ससबाट गणना गरिने भएको छ । नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूलाई जनगणनामा सहभागी गराइने तयारी विभागले गरेको छ । केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । उक्त क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिनेछ । शुरूमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने र त्यो हुन नसके सेटलाइटका माध्यमबाट जनगणनामा सहभागी बनाइने विभागका महानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अहिले उक्त क्षेत्रमा जान भारतीय सेनाले दिएको छैन । त्यसैले त्यहाँ जान कूटनीतिक प्रयास भइरहेको छ । ‘उक्त क्षेत्रमा जान सकिएन भने पनि सेटलाइटका माध्यमबाट भए पनि त्यस क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौं,’ उनले भने । उक्त क्षेत्रमा करीब ८०० परिवार रहेको प्रारम्भिक अनुमानमा विभागको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय जनगणना २०७८ सम्पन्न

केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।...

कर्मकाण्डी मात्र नबनोस् राष्ट्रिय जनगणना

मेरो जनगणना, मेरो सहभागिता भन्ने मूल नारासहित १२औँ राष्ट्रिय जनगणना यही २५ कात्तिकदेखि सुरु भई ९ मंसिरमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत ३० भदौदेखि १८ कात्तिकसम्म गरिएको घर तथा...

राष्ट्रपति भवनबाट सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छन् ।बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी हुन् । बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका […]

आजदेखि राष्ट्रिय जनगणना सुरु

मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो।

संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आजबाट

काठमाडौं । संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आज बिहीबारदेखि सुरु हुने भएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना यो वर्ष २५ कात्तिकमा सुरु भएर ९ मंसिरमा सकिनेछ । जनगणना सञ्चालन गर्न देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । जनगणनाका […] The post संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना

काठमाडौँ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । भोलि (बिहीबार)बाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ । यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ […]

१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ । जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण […]

राष्ट्रिय जनगणना २५ कात्तिकदेखि

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको हो । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै सोसम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषद्मा पठाएको थियो […] The post राष्ट्रिय जनगणना २५ कात्तिकदेखि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकाले यसलाई रोक्न ध्यानाकर्षण

प्रतिनिधिसभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताए ।शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न बताए । उनले राष्ट्रिय जनगणना नेपाल सरकारको सूचीमा छ, छैन भन्ने विषयमा ध्यानाकर्षण गराए ।उनले भने, “नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा ११० वर्षअघि वि.सं १९६८ मा भएको थियो, त्यतिबेला नेपालको जनसंख्या […]

राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि

प्रत्येक दस-दस वर्षमा हुने राष्ट्रिय जनगणना आगामी वैशाख २०७८ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।...