बस्तीमा बाढी पस्दा १४ घरमा क्षति

बागलुङको बडिगाड गाउँपालिमा–९ को मैदाने बस्तीमा बाढी पस्दा १४ घरमा क्षति पुगेको छ ।  अविरल वर्षासँगै मंगलबार राती बस्तीमा पसेको बाढीले स्थानीयको घरघरमा पसेको हो । बाढीले धान खेती गरेको खेतमा ठुलो क्षति गरेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिनुभयो ।  रातको समयमा आएको बाढीले कुनै मानवीय क्षति भएको छैन । घरभित्र हिलो, गेगर र छाम्रा पसेको भए पछि बस्नै नमिल्ने गरी कुनै पनि घरमा क्षति नभएको उहाँले बताउनुभयो ।  भातेखोलामा आएको भल बस्तीमा पुगेको थियो । पहिरोले खोला थुनिएको हुँदा बाढी बस्तीमा आएको स्थानीय टोपबहादुर पुनले बताउनुभयो । खोलामा थुन्ने पहिरो हटाउन गाउँपालिकाले दुई वटा स्काभेटर प्रयोग गरेर काम सुरु गरेको छ ।

सम्बन्धित सामग्री

सुर्खेतको चौकुनेका बस्तीमा बाढीले पुर्यायो क्षति

सुर्खेत :  अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिमी भेगका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुने– ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरमा क्षति पुगेको छ। साथै चौकुन

पश्चिम सुर्खेतका बस्तीमा बाढी

सुर्खेत : शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपालिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति

पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति

सुर्खेत – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिनन ठाउँमा असर गरेको छ । अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो। चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ। […]

झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पछिल्लो दुई घण्टा झापाको शनिश्चरे, दोमुखा (कन्काई र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव बढ्न सक्ने जनाएको छ । ती साना नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।आइतबार पनि  झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९: ४५ बजे दमक न

नदीको छालले कालिपुल बस्तीमा क्षति

म्याग्दी सदरमुकाम बेनीको कालिपुलस्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा पानीको छालसँंगै आएको बाढीले तीन जना घाइते भएका छन् ।पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालिगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालिगण्डकी नदी किनारमा रहेको कालिपुल बजारमा छालसहितको बाढीले आठ घरमा क्षति पु¥याएको छ । राति २ बजेतिर पारिपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी […]

बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती

डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानीको पाइप बगाएको स्थानीयले बताएका छन् । ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती […]