इलाम : नेपालकै प्रतिष्ठित प्रतियोगितामा पर्ने झापा गोल्डकप यस वर्ष नहुने भएको छ। बिर्तामोडस्थित डोमलाल रंगशालामा २०७२ सालबाट हुँदै आएको गोल्डकप यस वर्ष नहुने भएको हो।‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।आयोजक समितिका अध्यक्ष दि