सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ ।
भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टिकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज...