प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि यतिबेला नेपाली राजनीतिलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ । कतिपयले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । तर ओली पक्षधरहरुले प्रधानमन्त्रीले राजीनामा नदिने बरु संसदमा सामना गर्ने बताइरहेका छन् ।