काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिथ्या आरोपको खेती नगर्न दल र दलका नेताहरुलाई सुझाव दिएका छन् । प्रतिनिधिसभामा विश्वासको मतमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले झुट बालेर, उत्तेजनाका कुरा गरेर, असहज अवस्थामा देश गुज्रेको बेला वैमनस्यता र कलहमा कसैले पनि लैजान नहुने बताए । उनले नेपालको राजनीति माखे साङ्लो जस्तो जटिल बन्यो भनेको भनेको कुरालाई र अर्कै प्रशंगमा आँप झरेको भनेको कुरालाई भ्रम छर्दै अन्य अर्थ लगाएर छुद्र राजनीति गरिरहको बताए ।&n