काठमाण्डाै – भक्तपुर नगरपालिकाको वडा नम्बर ७ ले छाडा र घरपालुवा कुकुर व्यवस्थापनको काम गरिहरहेको छ । छाडा छोडिएका कुकुरले मानिसलाई टोक्ने र विभिन्न किसिमका रोग लाग्ने हुँदा वडाले छाडा कुकुरको व्यवस्थापन र घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने काम गरेको हो ।
तथ्याङ्कअनुसार यस वडाभित्र दुई सय २३ कुकुर पालिएको देखिएको छ । यीमध्ये एक सय ९६ कुकुरलाई मात्र रेबिजको खोप लगाइएको छ । छाडा छोडिएका र घरपालुवा कुकुरबाट विभिन्न रोग सर्न सक्ने हुँदा स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै वडाले व्यवस्थापनका लागि अभियान ...