सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला बनायो। करिब १५० गाईवस्तु अट्ने गरी गौशाला सञ्चालनमा पनि ल्यायो। बनगाड नगरपालिकाभर तत्काल १ सय छाडा पशुचौपाया रहेका थिए।बनगाडका किसानले घरपालुवा बस्तुभाउ पनि गौशालामा लगी छोडिदिएका छन्। किसानहरूले घरमा पालेका पशुचौपाया छोडिदिँदा अहिले गौशालामा झण्डै ६ सयभन्दा बढी पशुचौपाया रहेका छन्। किसानले ६ सय घरपालुवा पशु ल्याएर बाँधिदिदा भार थाम्न नसक्ने र गाईबस्तुलाई उचित व्यवस्थापन गर्न असम्भव भएको नगरपालिकाले जनाएको छ।क्षामताभ