लगानीमैत्री नीति समावेश गर्न होटल व्यवसायीको माग

काठमाडौं– होटल व्यवसायीहरुले संघीय पर्यटन ऐन संशोधन र अद्यावधिकीकरणमा व्यवसाय तथा लगानीमैत्री नीति समावेश गर्न माग गरेका छन् । होटल संघ नेपाल (हान)ले बुधबार आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले त्यस्तो माग गरेका हुन् । व्यवसायीहरुले कोभिडको समयमा एक वर्ष पर्यटन क्षेत्रलाई उद्योगमा वर्गिकरण गरएकोमा त्यसपश्चात सरकारले प्राथमिकतामा नराखको प्रति गुनासो गरे । चालु बजेट तथा मौद्रिक […]

सम्बन्धित सामग्री

अटोमोबाइल्स क्षेत्रका समस्या समाधान गर्न व्यवसायीको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री महतसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याका विषयमा छलफल गरेको थियो । छलफलको क्रममा अध्यक्ष थापाले सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोहीअनुरूप नीतिको निर्माण भइरहेकाले यसमा सुधार गर्न आग्रह गरे । अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्नुपर्ने उनको भनाइ थियो । आम सर्वसाधारणले प्रयोग गर्ने भाडाका सवारीसाधनमा लाग्ने भन्सार तथा अन्त:शुल्क महशुल घटाउन समेत उनले आग्रह गरे । अटोमोबाइल स्पेयर पार्ट्सको चोरीपैठारी बढेकाले त्यसलाई नियन्त्रण गरी राजस्व बढाउनुपर्नेमा उनले जोड दिए । छलफलमा अर्थमन्त्री महतले आफूले धेरै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी सम्हालेको भन्दै अटोमोबाइल व्यवसायीको समस्याको सम्बोधनका लागि प्रयास गर्ने बताए । ‘तपाईंहरू समस्यालाई समेटेर आवश्यक सुझाव दिनुस्, राष्ट्र बैंकसँग छलफल गरेर बजेटमा समावेश गर्ने प्रयास गरिनेछ,’ उनले भने । अर्थमन्त्री महतले विद्युतीय सवारीसाधनको उत्पादन र विक्रीमा यथोचित ध्यान दिन व्यवसायीलाई आग्रह गरेका थिए । जवाफमा नाडा अध्यक्ष थापाले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न त्यसमा लाग्ने भन्सार तथा अन्त:शुल्क महशुलमा थप छूट दिनुपर्ने सुझाएका थिए ।

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन व्यवसायीको माग

१३ भदौ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले नेपाल राष्ट बैंकले ल्याएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ कार्यान्वयनमा ल्याए उद्यम व्यापार झनै संकटमा पर्ने बताएका छन् । मार्गदर्शनमा राखिएका कतिपय प्रावधान सच्याउनु पर्ने, छुटेका कतिपय कुरालाई समावेश गर्नुपर्ने उनीहरुको माग छ । व्यवहारिकता नबुझी ल्याइएको व्यवस्थाले थप समस्या ल्याउने भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल […]

मनोरञ्जन व्यवसायीको माग– ५ प्रतिशतको पुनर्कर्जा बढी भयो ३ प्रतिशतमा चाहियो

काठमाडौं । चलचित्र संघले फिल्मलाई प्रोजेक्ट लोन दिनुपर्ने (फिल्मलाई नै धितो मानेर) कर्जा दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समावेश गर्ने विषयमा सुझाव दिँदै चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म धितो राखेर कर्जा दिन माग गरेका हुन् । “फिल्मलाई नै धितो मानेर प्रोजेक्ट लोन र  लिइरहेको लोनको...

निर्माण व्यवसायीको दबाबपछि खरिद नियमावली संसोधन

सार्वजनिक खरिद ऐनको नियमावलीको छैटौं संशोधन खारेजीको माग राख्दै आन्दोलित निर्माण व्यवसायीको माग दुईतिहाईको सरकारले सुनेको छ । सार्वजनिक खरिद ऐनको नियमावलीको संशोधनमार्फत कालोसूचीमा परेका निर्माण व्यवसायीले ठेक्का प्रक्रियामा समावेश हुन नपाउने व्यवस्था लागू गरेकोमा सरकारले एक महिना बित्न नपाउँदै निर्माण व्यवसायीको माग पूरा गर्दै संशोधन गरेको छ ।