गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा ज्यादै महत्त्वपूर्ण कार्य सम्पादन गरेको बताएका छन् ।
बिहीवार सिंहदरबारमा आयोजित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा गृहमन्त्री खाँणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको बताए ।
‘६ वर्षे कार्यकालमा २०७२ सालको भूकम्पले क्षति पुर्याएका संरचना निर्माणमा महत्त्वपूर्ण कार्य सम्पादन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ,&rsqu...