११ माघ, काठमाडौं । बाँसको गबुवा (ढुंग्रो)मा पकाइएको चियालाई बाँसकै जालीले छानेर बाँसकै कपमा कहिलै खानुभएको छ ? चिया मात्रै होइन, काठमाडौंमै हरियो बाँसमा राखेर पकाएको बिरयानीको स्वादसमेत चाख्न पाइन्छ । यसको लागि काठमाडौंको मैतीदेवीसम्म भने पुग्नैपर्ने हुन्छ । मैतीदेवीको सेतोपुलबाट रातोपुलतर्फ १०० मिटरजति अघि जाँदा दायाँतर्फ एउटा बाँसैबाँसले बनेको कटेज भेटिन्छ । झण्डै तीन […]