हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ । स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ । साथै अतिथि सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चिय