चिया विकास निगमको नयाँ उत्पादन ‘टोकला गोल्ड लिफ टी ब्याग’अब इन्भेलपमा, ८ फरक स्वाद पाइने

काठमाडौं । नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले केही समयअघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवर युक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ। कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी ८ वटा फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो। आफ्नै वगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष भन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ्ग सहित इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ। कम्पनीको अनुसार यो चिया भाटभटेनी, बीगमार्ट लगायतका नेपाल भरी चुनिएका केही प्रसिद्ध खुद्राबिक्रेता मार्फत बजारमा उपलब्ध गरिएको छ। ८ वटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य रु.१६० देखि रु. २२५ सम्म निर्धारण गरिएको छ।

सम्बन्धित सामग्री

‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले केही समय अघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेबर युक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ […]

टोकलाको ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा

काठमाडौं। नेपाल चिया विकास निगम लिमिटेडले टोकला चियाअन्तर्गत आठओटा नयाँ फ्लेबरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीका अनुसार उच्च गुणस्तरको इन्भेलप र प्याकिङसहित आठओटा स्वादमा चिया बजारमा ल्याइएको हो, जसमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन र टोकला गोल्ड लिफ टर्मेरिक जिन्जर तुलसी छन् । त्यस्तै टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी र टोकला गोल्ड लिफ टी रहेको बताइएको छ । आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्षभन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङसहित इन्भेलपमा यी चिया ल्याएको बताइएको छ । उक्त चियाको बजार मूल्य रू. १६० देखि २२५ सम्म निर्धारण गरिएको छ ।