क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति विभागको ध्यानाकर्षण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित/प्रशारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन विभागले हिजो एक प्रेस विज्ञप्ति जारी गरी […]

सम्बन्धित सामग्री

विमानस्थलका पसल अनुगमन गर्न वाणिज्य विभागलाई आग्रह

काठमाडौं,१कात्तिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ।बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै अनुगमन बढाउन विभागको ध्यानाकर्षण गराएको हो।अनुगमनका क्रममा विमानस्थल भित्र रहेका पसलमा एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको,एमआरपी वा बिक्री मूल्य नटासेको पाइएको थियो।

रोजगारीका नाममा गलत सूचना प्रवाह बढ्यो : विभाग

काठमाडौं। वैदेशिक रोजगार विभागले विदेशमा आकर्षक रोजगारी पाइने भन्दै गलत सूचना प्रवाह हुने क्रम बढेको बताइएको छ । विभागले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जान खोज्ने जो कोहीले विभागको आधिकारिक बेबसाइटमा राखिएका कामदार माग सम्बन्धी सूचनाको आधारमा मात्र निर्णय लिन आग्रह गरेको छ । केही दिनअघि सामाजिक सञ्जालमा जर्मनीमा तीन हजार सहायक कामदार पठाउने भन्दै झुटो विज्ञापन प्रकाशित भएको थियो । उक्त सूचना गलत रहेको समेत विभागले स्पष्ट पारेको छ । अनधिकृत व्यक्ति तथा संस्थाले सरकार र जर्मनी सरकारबीच भएको सम्झौताको भएको भन्दै विभिन्न सेवा–सुविधासहित आकर्षक तलबसम्बन्धी विवरण देखाएर नक्कली सूचना निकालेको पाइएको विभागले बताएको छ । यस्ता भ्रमपूर्ण विज्ञापन र सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको विभागको भनाइ छ । वैदेशिक रोजगारीमा जानका लागि विभिन्न मुलुकबाट आएका मागपत्रलाई विभागले सार्वजनिक जानकारीका लागि वेबसाइटबाट सार्वजनिक गरेपछि मात्र थप प्रक्रिया शुरू हुने गर्छ । यकीन भएका मागपत्रको आधारमा मात्र म्यानपावर व्यवसायीले खुला गरिएका गन्तव्यमा विभागले तोकेको शुल्क लिएर युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने कानूनी व्यवस्था छ । हाल नेपालले संस्थागत रूपमा विश्वका १११ देशमा श्रमका लागि जान खुला गरेको छ ।

क्यासिनोको समाचारप्रति विभागको ध्यानाकर्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौंमा रहेको याक एन्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटेलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पर्यटन विभागले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्र्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित र प्रसारित भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो । याक एन्ड यति होटेल लिमिटेडको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटेलको पाँच तारास्तरको स्तर वर्र्गीकरण प्रमाण रद्द गर्ने, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको सम्बन्धमा उक्त होटेलका तर्फबाट विभिन्न सञ्चार माध्यममा व्यक्त गरिएका भ्रामक समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति रहेको छ । सञ्चारमाध्यममा उक्त क्यासिनो ४ वर्षपहिले नै बन्द भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयाल्टी तथा शुल्कसहित रू ४२ करोड २५ लाख ६८ हजार २५३.४२ दाखिला हुन नआएकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ९०, क्यासिनो नियमावली २०७० र अन्य प्रचलित कानूनबमोजिम नेपाल सरकार मन्त्रीस्तरबाट क्यासिनो सञ्चालन इजाजतपत्र र होटेलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने निर्णय भएको विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिए । रासस

क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति विभागको ध्यानाकर्षण

काठामण्डाै – क्यासिनाेका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पर्यटन विभागले आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाण्डाैमा रहेको याक एन्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा आएका समाचारप्रति विभागकाे ध्यानाकर्षण भएको हाे ।      विभागले आज एक प्रेस विज्ञप्ति निकालेर याक एन्ड यती होटलकाे नाममा जारी भएको क्यासिनो सञ्चालन इजाज...

क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति पर्यटन विभागको गम्भीर ध्यानाकर्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित, प्रशारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन विभागले आज एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो […]

हिमाल आराेहणका लागि गएकाहरू अप्ठ्याराेमा परेका छैनन् : पर्यटन विभाग

काठमाण्डाै – पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो बताएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न ...