क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति पर्यटन विभागको गम्भीर ध्यानाकर्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित, प्रशारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन विभागले आज एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो […]

सम्बन्धित सामग्री

क्यासिनोको समाचारप्रति विभागको ध्यानाकर्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौंमा रहेको याक एन्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटेलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पर्यटन विभागले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्र्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित र प्रसारित भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो । याक एन्ड यति होटेल लिमिटेडको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटेलको पाँच तारास्तरको स्तर वर्र्गीकरण प्रमाण रद्द गर्ने, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको सम्बन्धमा उक्त होटेलका तर्फबाट विभिन्न सञ्चार माध्यममा व्यक्त गरिएका भ्रामक समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति रहेको छ । सञ्चारमाध्यममा उक्त क्यासिनो ४ वर्षपहिले नै बन्द भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयाल्टी तथा शुल्कसहित रू ४२ करोड २५ लाख ६८ हजार २५३.४२ दाखिला हुन नआएकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ९०, क्यासिनो नियमावली २०७० र अन्य प्रचलित कानूनबमोजिम नेपाल सरकार मन्त्रीस्तरबाट क्यासिनो सञ्चालन इजाजतपत्र र होटेलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने निर्णय भएको विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिए । रासस

क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति विभागको ध्यानाकर्षण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित/प्रशारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन विभागले हिजो एक प्रेस विज्ञप्ति जारी गरी […]