क्यासिनोको समाचारप्रति विभागको ध्यानाकर्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौंमा रहेको याक एन्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटेलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पर्यटन विभागले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्र्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित र प्रसारित भएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको हो । याक एन्ड यति होटेल लिमिटेडको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटेलको पाँच तारास्तरको स्तर वर्र्गीकरण प्रमाण रद्द गर्ने, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको सम्बन्धमा उक्त होटेलका तर्फबाट विभिन्न सञ्चार माध्यममा व्यक्त गरिएका भ्रामक समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति रहेको छ । सञ्चारमाध्यममा उक्त क्यासिनो ४ वर्षपहिले नै बन्द भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयाल्टी तथा शुल्कसहित रू ४२ करोड २५ लाख ६८ हजार २५३.४२ दाखिला हुन नआएकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली, २०७७ को नियम ९०, क्यासिनो नियमावली २०७० र अन्य प्रचलित कानूनबमोजिम नेपाल सरकार मन्त्रीस्तरबाट क्यासिनो सञ्चालन इजाजतपत्र र होटेलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने निर्णय भएको विभागका महानिर्देशक तारानाथ अधिकारीले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

त्रिवि राजनीतिशास्त्र विभागको प्रमुखको समाचारमा ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजनीतिशास्त्र विभागको प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिवि उपकुलपति कार्यालयमा परेको उजुरीको आधारमा राजधानी दैनिक अनलाईनले समाचारप्रति राजनीतिशास्त्र विभागले आपत्ति जनाएको छ । त्रिवि राजनीतिशास्त्र विभागका प्रमुख कँडेलविरुद्ध उजुरीको चाङ शिर्षकको समाचार प्रति असहमति जनाउँदै राजनीतिशास्त्र विभागले भने जस्तो राजधानी दैनिक अनलाईनले कसैको बदनाम गराउने गरी समाचार लेखेको नभई अख्तियार […] The post त्रिवि राजनीतिशास्त्र विभागको प्रमुखको समाचारमा ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बुटवलको सडक निर्माणमा चासो दिन नगर प्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण

बुटवल – बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडक विभागको ध्यानाकर्षण गराएका छन्। नगरप्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराएका हुन्। भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटक–पटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको […]

क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति विभागको ध्यानाकर्षण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित/प्रशारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन विभागले हिजो एक प्रेस विज्ञप्ति जारी गरी […]

क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति विभागको ध्यानाकर्षण

काठामण्डाै – क्यासिनाेका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पर्यटन विभागले आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाण्डाैमा रहेको याक एन्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा आएका समाचारप्रति विभागकाे ध्यानाकर्षण भएको हाे ।      विभागले आज एक प्रेस विज्ञप्ति निकालेर याक एन्ड यती होटलकाे नाममा जारी भएको क्यासिनो सञ्चालन इजाज...

क्यासिनोका विषयमा प्रकाशित समाचारप्रति पर्यटन विभागको गम्भीर ध्यानाकर्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाडौँमा रहेको याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशित, प्रशारित समाचारप्रति पर्यटन विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्यटन विभागले आज एक प्रेस विज्ञप्ति जारी गरी क्यासिनो […]

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मेलम्ची । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतवार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए । भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत इस्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिएका छन् । त्यस्तै उनले फड्केश्वर–छापभञ्ज्याङ सडकमा १३ करोड विनियोजित रकम काठमाडौं डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गर्नेसमेत जानकारी दिए । साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताएका थिए । हिउँदमा अस्थायी रूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराएका थिए । सडक विभागले भने फास्ट ट्र्याकमार्फत बोलपत्र आह्वान गरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको धितालले जानकारी दिए । अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि बढ्ने धितालले विश्वास व्यक्त गरेका छन् । रासस

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित […]

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो । गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका

जनगणनामा त्रुटि भएको भन्दै आदिवासी जनजातिले गराए तथ्याङ्क विभागको ध्यानाकर्षण

१२औँ जनगणनाका क्रममा विभिन्न ठाउँमा गणकहरूले मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजातिहरूले तथ्यांक विभागको ध्यानाकर्षण गराएका छन् ।