लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । एक करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।डा. देवकोटाले एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लैजानका लागि मात्र नभइ सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने जानकारी गराए । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने उनले