कोभिड बिरामीले फेरि भरिन थाले अस्पतालका बेड

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र...

सम्बन्धित सामग्री

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभराउ भएपछि भर्ना पाउन छाडेका हुन् ।  यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामीको चाप बढेपछि आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।  भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताए । उनले भने, ‘हामीकहाँ आएका सेवाग्राहीहरूलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।’ विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उनले बताए । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष ६, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका छन् ।  त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पु¥याइएको छ । ती शय्याहरूमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताए । उनले भने, ‘सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौं ।’  अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो ।  अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउँछन् । अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् । बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।  अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएका छैनन् । उनले भने, ‘हाम्रा सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका छन् ।’ शिक्षण अस्पतालमा पाँच सय ५० शय्या सञ्चालनमा छन् । तीमध्ये ९० ओटा सघन उपचार कक्ष छन् । नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष अस्पतालमा छन् । ती सबै भरिएको उनले बताए ।  अस्पतालमा अधिकांश शय्या भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए । उनले भने, ‘अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो ।’ स्वास्थ्य बीमा गरेकाहरू सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रूपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।  मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको सङ्ख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरूबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरूको सङ्ख्यासमेत ठूलो छ । रासस

वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क पाउने

काठमाडौं । वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो । यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने […]

डेंगुका बिरामीले भरियो टेकु अस्पताल, तस्वीरहरू

काठमाडौं : डेंगु 'एडिस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्‌' प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्ने संक्रमण हो। एडिस जातका लामखुट्टेले प्रायः दिउँसो टोक्ने गर्छ। हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार अहिले सबैभन्दा बढि बिरामी ललितपुर जिल्लामा भेटिएका छन्।डेंगुका बिरामी बढ्दै जाँदा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका बेड भरिएका छन्।केही तस्वीर झलक :&nbs

बिरामीले मुगु अस्पताल भरिभराउ

जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् ।  टाइफाइड, ज्वरो, झाडापखाला, निमोनिया लगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निम

कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर)

काठमाडौं । एक साता यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितका लागि ४० वटै बेड बिरामीले भरिएपछि अस्पताल प्रशासनले टहरोमा समेत बिरामीको उपचार सुरु गरेको छ । २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । सरकारले असारको दोस्रो सातादेखि […] The post कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रामेछाप जिल्ला अस्पतालका चार आईसीयू बेड प्रयोगविहीन, नागरिकले उपचार पाएनन्

रामेछाप – जिल्ला अस्पताल रामेछापमा रहेका आईसीयू बेड प्रयाेगविहीन हुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । काेभिड–१९ सङ्क्रमितका गम्भीर बिरामीकाे उपचारमा सहज हाेस् भनेर  जिल्ला अस्पताल रामेछापलाई वाग्मती प्रदेश सरकारले गएको भदौमा दिएका पाँच थान आईसीयू बेडमध्ये एउटा मात्रै प्रयोगमा आएको हाे । प्रदेश सरकारले पाँच थान आईसीयू बेड, हाइफ्रोम्यादर क्यानुला र मनिटर एक–एक थान प्राप्त भएकोमा आईसीयू बेड सञ्चालन गर्न थप मनिटरलगायतका उपकरण आवश्यक पर्ने भएकाले अहिले एउटा मात्रै बेड सञ्चालनमा आएकाे अस्पताल...

संक्रमितले भरिए हेटौंडा अस्पताल, थप ३ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड भरिएका छन् । अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागरका काफ्लेका अनुसार ४६ बेड क्षमताको कोभिड उपचार कक्ष बिरामीले भरिएका हुन् ।अस्पतालमा १४ बेड आइसियू, १६ बेड एचडीयू, १६ बेड स्टेप डाउन र ४ वटा भेन्टिलेटर सञ्चालनमा रहेको डा. काफ्लेले बताए । बिरामीको आवश्यकताका […]

प्रदेश १ का अस्पताल अनुगमनमा संसदीय समिति

विराटनगर । विराटनगरका कोभिड विशेष अस्पतालका सञ्चालकहरुले तत्काल अस्पतालहरुमा बेड बिस्तारसँगै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न नसके धेरै संक्रमितले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताएका छन् ।उनीहरुले कोभिड अस्पतालका सबै बेड बिरामीले भरीभराउ भएकाले थप बिरामी भर्ना गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै तत्काल संक्रमितको उपचारको प्रबन्ध मिलाउन आवश्यक तयारीमा जुट्नुपर्नेमा जोडसमेत दिएका छन् ।पछिल्लो समय उपचारको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परेको जनगुनासो बढेपछि मं

नेपालमा कति छन् आईसीयू र भेन्टिलेटर?

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। उच्च संक्रमण रहेका जिल्लामा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार १९८ बेड आईसीयू र ५०८ वटा भेन्टिलेटर छन्। जसमा ३३१ जना आईसीयूमा र ११५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका सबै अस्पतालका आईसीयू र भेन्टिलेटर बिरामीले भरिएका छन्।

कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमान्डाैं / कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्। अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग... The post कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार appeared first on Purbeli News.